Thursday, May 8, 2008

मानव सृष्टी, रोवोट र मेशिनमा जीवन

विज्ञान प्रविधिको उच्चतम विकास भइरहेको यो शताब्दीमा असम्भव कुराहरु पनि सम्भव हुँदै गइरहेका छन् । सृष्टिलाई केलाउने हो भने प्रकृतिबाट स्वदेज (पसिनाबाट उत्पन्न हुने), उद्भिज (जमिनमा उम्रने), अन्डज (फलफूलबाट उत्पन्न हुने) र जरायुज (सालनालले जन्मने) गरी चार किसिमका जीवको आविष्कार भएको थियो । तीनै जीवहरुको अस्तित्वको विकासक्रमबाट नै वर्तमान संसारको निर्माण भएको देखिन्छ । इतिहास या कथामा पढिने सृष्टिकालका मानव र अहिलेको मानवको भिन्नता हेर्ने हो भने कल्पनै गर्न नसकिने यथार्थ हाम्रो सामु छर्लङ्ग छ ।
आउँदो शताब्दीसम्म यो संसार कस्तो होला, हामी यस्तै हुन्छ भनेर अनुमान त गर्न सक्दैनौं किनकि थोरै समयमा पनि विज्ञान र प्रविधिमा नसोचेका प्रगति भइसकेका छन् । वैज्ञानिकहरुले गरेका खोज, अनुसन्धान तथा परीक्षणको सफलता केलाउने हो भने केही वर्षभत्र नै हामीले कल्पना गर्न नसक्ने संसारको विकास हुँदैछ अर्थात् चलचित्रमा देखाइएका काल्पनिक दृश्य पनि अब वास्तविकतामा परिणत हुँदैछन् । 'साफलर' र 'रेडफिल्ड' जस्ता केही पश्चिमी भविष्यवक्ताहरुका अनुसार मानव समाज एक्काईसौं शताब्दीको अन्तिमसम्म नितान्त नयाँ ढंगले प्रस्तुत हुँदैछन् । त्यतिबेला मानवले वस्तुवादी सर्म्पर्क समन्वय गर्ने छन् । विज्ञान प्रविधिको क्षेत्रमा अहिलेसम्म कल्पनै नगरेको प्रशस्त विकास हुनेछ ।
विज्ञान प्रविधिको सफलतास्वरुप हाल मानव निर्मित पाँचौ प्रकारको जीव रोबोट पनि अस्तित्वमा आइसकेको छ । यो यान्त्रिक रुपमा हाम्रा सामु विद्यमान छ । पाँचौ जीवको प्रभावले मानिसको स्वभाव तथा रहनसहनमा परिवर्तन आइरहेको छ । अहिले विकसित देशका मुख्य कम्पनी तथा उच्चस्तरका मानिस आफ्ना दैनिक क्रियाकलापहरु पनि यन्त्र मानवबाटै गराइरहेका छन् ।
तपाईं कहिल्यै सोच्न सक्नुहुन्छ, मानिस श्वास नै नफेरी चितुवाको जस्तै धेरैबेरसम्म दौडन सक्छ वा हृवेलको जस्तै पानीभित्र घण्टौंसम्म पौडन सक्छ । दुइवटा हातको साटो ५-६ हातले काम गर्न सक्छ । अगाडि मात्र होइन पछाडि पनि आँखा राखेर नफर्किकन सैयौं कोश हिंड्न सक्छ । पखेंटा राखेर चराजस्तै उड्न सक्छ । यो कुनै चलचित्र अथवा सपनाको कुरा गरिएको होइन । यो धारणा अब केही समयमा नै सत्य सावित हुँदैछ ।
रोबर्ट ए पmेइटस र क्रिस्टोफर जे फोइनिक्सले एउटा यस्तै प्रविधिको विकास गर्न लागेका छन् कि जसमा मानव घण्टौंसम्म प्राकृतिक श्वास नफेरी रहन सक्छ । अर्थात् मानव शरिरमा कम्प्युटर प्रविधिबाट कृत्रिम रुपमा रक्तसञ्चालन कार्य सम्भव हुने भएको छ । यस प्रविधिमा 'नानोबोट्स'ले रक्त सञ्चालन प्रक्रियामा मानव आर्टरी र भेनबाट खरबौं अक्सिजन र न्यूट्रन ओसारी सा"चो अर्थमा 'लाइफ रिप्लेसिङ'को भूमिका निर्वाह गर्नेछ । रक्तसञ्चालन प्रक्रियामा हुने प्रत्येक कार्यलाई 'भास्कुलोइड' प्रणालीले दोहोर्‍याउने मात्र काम गरेपनि यसको धेरै कार्यक्षमता रहेको हुन्छ ।
एक प्रकारको नानोबोट्स जसले कृत्रिम रगत निर्माण गर्ने प्रक्रियालाई 'रेस्पिरोसाइट' भनिन्छ । पmेइटसका अनुसार रेस्पिरोसाइटले करोडौं कृत्रिम परमाणुको संरचना निर्माण गर्छ जसले प्रत्येक अन्तिम परमाणुलाई प्राकृतिक तवरले मिलाएर राख्छन् । प्रत्येक रेस्पिरोसाइटमा अति सुक्ष्म कम्प्युटर, पावरप्लान्ट, आणविक पम्पहरु र स्टोरेज साधनहरु हुन्छन् जसले अक्सिजन र कार्बनडाइअक्साइडका अणुहरु सञ्चालन गर्न सक्छन् । नानोबोट्सको कार्यक्षमता रगतमा हुने 'आरबीसी'को तुलनामा हजारौं गुणा बढी छ । यो नानोरोबोटिक रगत निर्माण गर्न थोरैमात्र समय लाग्ने कुरामा बैज्ञानिकहरु सहमत भैसकेका छन् ।
प्रविधिहरुको विकासक्रममा रोबोटको विकासमा पनि दिनानुदिन प्रगति हु"दै गइरहेको छ । बैज्ञानिकहरुलाई खोज अनुसन्धानका लागि उपयोगी साधन, गृहिणीहरुलाई काम सघाउने तथा समय बिताउने साथी, बच्चाहरुको लागि खेल्ने साथी, व्यवसायीहरुका लागि रङ्गरोगन, स्प्रे, सामानहरुको अपलोड र डाउनलोडका साथै विभिन्न कार्यहरुको लागि उपयोगी रोबोट निर्माण गर्ने क्रममा केही नौलो प्रकृतिका रोबोटहरुको निर्माण गरिसकेको छ । त्यस्तै रोबोट निर्माणक्रममा नासाले नया" सिद्धान्त ल्याएको छ । 'टिटान एरोभर' जस्तोसुकै ठाउ"मा पनि जान सक्छ जस्तैः पानी, स्थल, हावा र हिउ"मा पनि ।
'हट आएर बेलुन' जस्तै, पांग्रा पनि भएको, हिलियम ग्या"स भरिएको ठूलो साइजको रोबोर्ट निर्माण पछि उनीहरु यो सफलतामा पुग्न सफल भएको आशा गरेका छन् । यो रोबोटमा दिशा पत्ता लगाउने यन्त्र, ब्याट्री, क्यामेरा र एउटा पmेममा पा"ग्रा पनि जोडिएको छ । जस्तोसुकै स्थानमा पनि ५० माइल प्रतिघण्टा दौडन सक्ने यो रोबोर्ट उड्न, गुड्न र पौडन पनि सक्छ र आवश्यकता अनुसार गति परिवर्तन गर्छ । यस किसिमको रोबोट निर्माणले नया" कुराहरु पत्ता लगाउन, अन्तरिक्षमा खोज अनुसन्धान गर्न सहयोग गर्ने कुरा जनाइएको छ । विभिन्न स्थानहरुमा यसको राम्रोस"ग परीक्षण गरी प्रयोगमा ल्याइने कुरा नासाले बताएको छ ।
त्यस्तै कम्प्युटर मानव रोबोर्ट र यसका पार्टपर्ुजालाई मानवको शरिरमा जडान गरी मानवको प्राकृतिक अङ्ग र कृत्रिम अङ्गले स"ग-स"गै काम गर्ने प्रविधिको पनि विकास हु"दैछ । मानव मस्तिष्कमा पनि कम्प्युटर फिटिङ्ग हु"दैछ भन्दा पनि फरक नपर्ला । अब पढेर, घोकेर कण्ठ पार्नु भन्दा पनि सैयौं पेजको किताब मेमोरी कार्डमा स्टोर गरेर मानव मस्तिष्कस"ग जोडिदिएपछि कम्प्युटरमा सेभ गरेको डाटा रिड गरेको जस्तो सबै खुरुखुरु भन्न सकिनेछ । मानव दिमागले सोचेर जसरी हाम्रा अङ्गहरु चलेपछि काम हुन थाल्दछन्, त्यसरी नै कम्प्युटर जडित दिमागले सोचेपछि काम हुन सक्दछन् । उड्ने रोबोट, पौडने रोबोट, हिमाल चढ्ने रोबोटजस्ता रोबोटका पार्टपर्ुजा जोडेपछि हाम्रो शरिर नै मेशिनले गरेजति काम गर्न सक्षम हुनेछन् ।
एड्भेन्चर चलचित्रमा हर्ेदा लाग्ने अप्राकृतिक दृश्यहरु अब हामी आफैं सम्मिलित भएर यथार्थ जीवनमा प्रस्तुत हुनसक्ने वैज्ञानिकहरुले बताइसकेका छन् । अब चा"डै नै यी प्रविधिले मानव क्रान्तिमा ठूलो परिवर्तन ल्याउ"दैछ । सन् २०४५ सम्म मानव शरिरको आधाभन्दा बढी अङ्गले पर्ूण्ा रुपमा कम्प्युटर सिस्टमले काम गर्ने समेत अनुसन्धानमा व्यस्त वैज्ञानिकहरुले बताएका छन् । कतिपय प्रविधिको सफल परीक्षण समेत भइसकेको छ । मेशिनमा जीवन दिने वा मानव शरिरमा मेशिन जोडेर जीवन दिने कार्य सफल हुने आधारहरु समेत भइसकेको अध्ययनले बताएको छ ।
उत्पत्ति विज्ञानको खोज अनुसार एक्काईसौं शताब्दीको अन्त्यसम्म मरेको मानिसलाई पनि बचाउने क्षमता विज्ञान र प्रविधिले प्रदान गर्नेछ । अवास्तविक, झुट र असत्य कुरालाई पनि वास्तविकता जस्तो गरी प्रस्तुत गर्न सक्ने प्रविधिको विकास हुनाले वास्तविकता र अवास्तविकताको दुरी सदाको लागि अन्त्य हुनेछ । मानिसमा संवेदनशीलता र मौलिकता क्रमशः हराउ"दै जानेछ । यान्त्रिक जीवहरुको जन्म -निर्माण) व्यापक हुनेछ । मानिसले गर्ने सबै काम यन्त्र मानव र विभिन्न किसिमका यन्त्रहरुले गर्नेछन् । मानिसहरु अल्छी हु"दै जानेछन् भने काम जति यन्त्र मानवलाई लगाएर आफू मोजमस्ती गरेर बस्नेछन् । रोवोटहरुको व्यापक प्रयोग तथा यीनीहरुमा पनि प्रतिस्पर्धा हुनेछ । रोवोट या यन्त्रमै सोच्ने सक्ने शक्तिको विकास हुनेछ । उनीहरु आफैं सोचेर काम गर्न सक्षम हुनेछन् । चेतना र बुद्धियुक्त यन्त्रको विकास हुनेछ । यन्त्र भएकै कारण कहिल्यै नथाक्ने र नमर्ने हुन्छन् । यन्त्रले काम गर्न नसक्ने भएपनि मर्मत गरेर चलाउन सकिनेछ । निर्माण, मर्मत तथा विकास सबै यन्त्रबाटै हुनेछ । संसार स्वचालित हुनेछ । व्यापारिक क्रियाकलाप, दैनिक क्रियाकलाप सबै यन्त्रहरुले गरिदिनेछन् ।
हामर्ीर् इश्वरलाई र्सवशक्तिशाली सम्झन्छौं, उनीहरुस"गै यस्तो विशेष क्षमता छ, जसकारण सोचेको सम्पर्ूण्ा पूरा गर्न सक्छन् । प्रविधि प्रयोग गर्ने मानवहरु नै ती र्सवशक्तिशाली भनिएकार् इश्वरका तहमा पुग्नेछन्, उनीहरुको एक सोचाई या आदेशबाट नै नेटवर्किङ्ग सहितको यन्त्रहरुको सञ्जालले सम्पर्ूण्ा काम गर्नेछन् । जसबाट अनुभव गर्न सकिन्छ आजको मानव संसार भोलि यान्त्रिक मानवहरुको संसार हुनेछ । प्रविधि प्रयोग नगर्ने मानिसहरु डाइनोसर लोप भएजस्तै लोप हुनेछन् ।
कथाजस्तो लाग्ने यी कुराहरु बैज्ञानिकको खोज, अनुसन्धान, आजसम्मको विकास र भविष्यका निमित्त गरिएका विभिन्न परीक्ष्ँणहरुको सफलताले वास्तविकतामा परिणत हुने कुरालाई नकार्न सकिन्न । त्यो काल्पनिक लाग्ने संसारको लागि कतिपय पर्ूवाधार अहिले नै विकास भइसकेका छन् ।